२०८३ मंसिर १० गते बिहिवार
काठमाडौं। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गरेकी छन्।
पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्थाबारे जानकारी लिन मन्त्री चौधरीले आज ती केन्द्रको निरीक्षण गरेकी हुन्। उक्त ऐन यही मङ्सिर १ गतेदेखि कार्यान्वयनमा आएको छ।
अनुगमनका क्रममा उनले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन्।
सो अवसरमा मन्त्री चौधरीले उपभोक्ताले स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पूर्ण पालना आवश्यक रहेको बताइन्।
उनले मासुजन्य वस्तुको स्वच्छता र गुणस्तर कायम राख्न सम्बन्धित निकायले नियमित अनुगमन तथा निगरानी गर्नुपर्नेमा जोड दिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij