२०८३ मंसिर ९ गते बुधवार
काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अब गायकका रूपमा पनि दर्शकमाझ आएका छन् । उनले ‘ए ससुरा बा’ बोलको गीतमार्फत गायन क्षेत्रमा डेब्यु गरेका हुन् ।
सङ्गीतकार बाबुल गिरीको सङ्गीत रहेको गीतमा धुर्मुसलाई गायिका जुनु प्रसाईँले स्वरमा साथ दिएकी छन् । गीतका शब्दसमेत धुर्मुस स्वयंले लेखेका हुन् । धुर्मुस–सुन्तलीको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा धुर्मुस आफैँ देखिएका छन् । भिडियोमा उनलाई अभिनेत्री उषा उप्रेती, कलाकार राजाराम पौडेल, सविन बास्तोला, अंशु महर्जन, सीता तिमिल्सिना र सन्तोष थापाले साथ दिएका छन् ।
अभिनय र हास्य प्रस्तुतिमार्फत परिचित धुर्मुसको गायनमा नयाँ प्रवेशले उनको कलात्मक यात्रामा अर्को आयाम थपेको छ । गीत सार्वजनिक भएसँगै उनको नयाँ अवतारबारे सामाजिक सञ्जालमा समेत चर्चा हुन थालेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij