Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

दूध, माछाको उत्पादन बढ्दा मासु र अण्डामा गिरावट

दूध, माछाको उत्पादन बढ्दा मासु र अण्डामा गिरावट

images

  • 281
    Shares

    दूध, माछाको उत्पादन बढ्दा मासु र अण्डामा गिरावट
    images

    काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८२/८३ मा पशुजन्य तथा वनजन्य उत्पादनमा मिश्रित अवस्था देखिएको छ। दूध, माछा, ऊन र औषधिजन्य वनस्पतिको उत्पादन बढ्दा मासु, अण्डा, छाला र काठको उत्पादन भने घटेको छ।

    नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन २०८२/८३’ अनुसार समीक्षा वर्षमा दूध उत्पादन ३.६४ प्रतिशतले बढेर ३० लाख ३३ हजार ६५६ पुगेको छ। त्यस्तै, माछा उत्पादन ६.२९ प्रतिशतले वृद्धि भई १ लाख ४ हजार ८२५ मेट्रिक टन पुगेको छ। ऊन उत्पादनमा पनि ०.२८ प्रतिशतको सामान्य वृद्धि देखिएको छ।

    यसको विपरीत मासु उत्पादन ०.०९ प्रतिशतले घटेर ५ लाख ६६ हजार ३३९ मेट्रिक टनमा सीमित भएको छ। अण्डा उत्पादनमा ५.७७ प्रतिशतको गिरावट आएको छ भने छाला उत्पादन पनि ८.२७ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

    वनजन्य उत्पादनतर्फ दाउरा र औषधिजन्य वनस्पतिको उत्पादन उल्लेख्य बढेको छ। समीक्षा अवधिमा दाउरा उत्पादन १९.७४ प्रतिशत र औषधिजन्य वनस्पतिको उत्पादन ६५.२६ प्रतिशतले वृद्धि भएको छ। तर काठ उत्पादन भने १.४० प्रतिशतले घटेको छ।

    प्रदेशगत विवरणअनुसार दूध, मासु र माछा उत्पादनमा मधेश प्रदेश अगाडि देखिएको छ। देशको कुल दूध उत्पादनमा मधेशको हिस्सा २१.६५ प्रतिशत र मासु उत्पादनमा २३.५६ प्रतिशत रहेको छ। माछा उत्पादनमा भने मधेशले ४८.३८ प्रतिशत हिस्सा ओगटेको छ।

    दूध उत्पादनमा बागमती प्रदेश २०.४१ प्रतिशत हिस्सासहित दोस्रो र लुम्बिनी १८.१९ प्रतिशतसहित तेस्रो स्थानमा छन्। मासु उत्पादनमा पनि बागमती २०.११ प्रतिशत र लुम्बिनी १५.२६ प्रतिशत हिस्सासहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

    अण्डा उत्पादनमा भने बागमती प्रदेश सबैभन्दा अगाडि छ। देशभरको कुल अण्डा उत्पादनमा बागमतीको हिस्सा ४२.७५ प्रतिशत रहेको छ। गण्डकी १६.२९ प्रतिशत र लुम्बिनी १५.६१ प्रतिशत हिस्सासहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

    माछा उत्पादनमा मधेशपछि लुम्बिनी प्रदेशको हिस्सा १८.९२ प्रतिशत र कोशीको १३.७९ प्रतिशत रहेको छ। समग्रमा कर्णाली प्रदेशको दूध, मासु, अण्डा र माछा उत्पादनमा हिस्सा अन्य प्रदेशको तुलनामा न्यून देखिएको राष्ट्र बैंकको प्रतिवेदनले औँल्याएको छ।

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १५:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij