Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि


  • 113
    Shares

    • images
    दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि

    काठमाडौं । दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

    कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार दक्षिणपूर्वी बन्दरगाह सहर चाङ्गवोनमा बान्ता र पखालाको लक्षण देखिएपछि अस्पताल पुगेका एक व्यक्तिमा हैजा पुष्टि भएको हो । ती व्यक्ति उपचारपछि मङ्गलबार निको भएर घर फर्किसकेका छन् । उनले पछिल्लो दुई महिनामा विदेश यात्रा नगरेको पाइएको छ । सङ्क्रमणको स्रोत र उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको एजेन्सीले जनाएको छ ।

    सन् २०१६ पछि दक्षिण कोरियामा हैजा पुष्टि भएको यो पहिलो घटना हो । सन् २००१ मा भएको ठूलो प्रकोपमा कम्तीमा १६२ जना सङ्क्रमित भएका थिए ।

    हैजा दूषित पानी र खानाबाट फैलिने रोग हो । सङ्क्रमित व्यक्तिको दिसा वा बान्ताको सम्पर्कबाट पनि सर्न सक्ने यस रोगले गम्भीर अवस्थामा शरीरमा पानीको कमी गराई ज्यानसमेत लिन सक्छ ।

    स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी पिउन, खाना राम्ररी पकाएर खान तथा फलफूल र तरकारी धोएर प्रयोग गर्न आग्रह गरेका छन् । शङ्कास्पद बिरामीको तत्काल परीक्षण गरी सङ्क्रमणबारे जानकारी गराउन स्वास्थ्य संस्थाहरूलाई पनि निर्देशन दिइएको छ ।

     

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १६:३५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij