Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

चितवन राइनोजले टस जित्यो, सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने

चितवन राइनोजले टस जित्यो, सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने


  • 281
    Shares

    • images
    चितवन राइनोजले टस जित्यो, सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आज फाइनल प्रवेशका लागि भइरहेको खेलमा चितवन राइनोजले टस जितेको छ ।

    सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

    आजको खेलका लागि सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई मौका दिइएको छ । चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ ।

    आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो भने चितवनले हिजो काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको थियो ।

    आजको खेल पिच नम्बर २ मा भइरहेको छ । यही पिचमा यसअघि पोखरा टोलीले २०० रनभन्दा बढीको योगफल बनाएको थियो । 

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १६:४७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij