Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

ब्यञ्जनकारविरुद्ध माइतीघरमा प्रदर्शन

मोबाइलबाट प्रमाण मेटाएको आरोपमा कुमार ब्यञ्जनकारविरुद्ध प्रदर्शन

मोबाइलबाट प्रमाण मेटाएको आरोपमा कुमार ब्यञ्जनकारविरुद्ध प्रदर्शन


  • 316
    Shares

    • images
    मोबाइलबाट प्रमाण मेटाएको आरोपमा कुमार ब्यञ्जनकारविरुद्ध प्रदर्शन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारमाथि लागेको आरोपको निष्पक्ष अनुसन्धान र जवाफदेहिताको माग गर्दै राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। ईनम सापकोटाको मोबाइल फोन अनधिकृत रूपमा नियन्त्रणमा लिएर डिजिटल प्रमाण नष्ट गर्न खोजिएको आरोप लगाउँदै युवाहरूको समूहले ‘ट्रान्सपरेन्सी मार्च’ आयोजना गरेको हो।

    आपराधिक अनुसन्धानका क्रममा रहेकी सापकोटा पक्राउ परेपछि प्रहरीले बरामद गरेका दुईवटा मोबाइल फोन फरेन्सिक ल्याब पठाउनुअघि दुई दिनसम्म सल्लाहकार ब्यञ्जनकारको निजी निवासमा राखिएको विषय सार्वजनिक भएपछि विवाद चुलिएको हो।उक्त अवधिमा मोबाइलबाट सामाजिक सञ्जाल चलाइएको र केही सन्देश मेटाइएको फरेन्सिक परीक्षणबाट देखिएको समाचार सार्वजनिक भएपछि युवाहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका हुन्।

    ‘द रेड च्याप्टर’, ‘जेन–जी मुभमेन्ट नेपाल’ र ‘अल जेन–जी ग्रुप्स’ को संयुक्त आह्वानमा भएको प्रदर्शनमा सहभागीहरूले ब्यञ्जनकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले अनुसन्धानलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त राख्नुपर्ने मागसमेत गरेका छन्।

    यसअघि जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले डिजिटल प्रमाण नष्ट गरेको आरोपमा कुमार ब्यञ्जनकारविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।

    प्रदर्शनकारीहरूले सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई समेत कानुनको दायरामा ल्याउनुपर्ने र घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी देखिएकालाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १६:४५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij