२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । सुर्खेत कारागारभित्र एक महिला बन्दीको मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका–४ की १९ वर्षीया संगिता शाही कारागारभित्र मृत भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहोराका अनुसार कर्तव्य ज्यान मुद्दामा बन्दी रहेकी शाही कारागारको ५ नम्बर कोठामा थिइन्।
प्रहरीका अनुसार गएराति उनी झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
घटनाबारे थप विवरण आउन बाँकी छ। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij