Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

गाउँपालिका अध्यक्ष पक्राउ

एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा चंखेली गाउँपालिका अध्यक्ष पक्राउ

एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा चंखेली गाउँपालिका अध्यक्ष पक्राउ


  • 183
    Shares

    • images
    एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा चंखेली गाउँपालिका अध्यक्ष पक्राउ

    काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँपालिकाका एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहका अनुसार बिहीबार अध्यक्ष शाहीले चंखेली गाउँपालिका–४ का एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेका थिए।

    विगत ५–६ वर्षदेखि एम्बुलेन्स चालकका रूपमा कार्यरत सिंहले लामो समयदेखि पारिश्रमिक नपाएपछि अध्यक्ष शाहीसँग आफ्नो तलब माग्न गएको बताइएको छ। सोही क्रममा अध्यक्षले कुटपिट गरेको आरोप छ।

    कुटपिटबाट घाइते भएका सिंहलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १३:२२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij