Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

इन्धन चोर्न ट्याङ्करमा नयाँ जुक्ति, दुई ट्याङ्कर र एक व्यक्ति पक्राउ

इन्धन चोर्न ट्याङ्करमा नयाँ जुक्ति, दुई ट्याङ्कर र एक व्यक्ति पक्राउ


  • 316
    Shares

    • images
    इन्धन चोर्न ट्याङ्करमा नयाँ जुक्ति, दुई ट्याङ्कर र एक व्यक्ति पक्राउ

    काठमाडौं । रुपन्देहीमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट इन्धन चोरी गर्ने नयाँ तरिका फेला परेको छ । ट्याङ्करको मुख्य ताला वा सिल नतोडी प्राविधिक छिद्रको दुरुपयोग गरी इन्धन निकाल्ने गरेको आशंकामा प्रहरीले दुई ट्याङ्कर नियन्त्रणमा लिएको छ ।

    मंगलबार साँझ तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्राङ्गणमा छापा मार्दा प्रहरीले इन्धन चोरी भइरहेको अवस्थामा दुई ट्याङ्कर र एक जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा तिलोत्तमा–७ मंगलापुर निवासी ४६ वर्षीय तिलबहादुर फुलाल रहेका छन् । प्रहरीले लु२ख २६५५ र लु२ख ३९४० नम्बरका ट्याङ्करसमेत नियन्त्रणमा लिएको छ ।

    प्रारम्भिक आशंकाअनुसार तापक्रम परिवर्तनबाट इन्धनको आयतनमा हुने फेरबदल र ट्याङ्करको माथिल्लो भागमा रहेको प्राविधिक संरचनाको दुरुपयोग गरी इन्धन हिनामिना गर्ने गरिएको छ ।

    यसअघि पनि चालक, सहचालक र पेट्रोल पम्प सञ्चालकको मिलेमतोमा इन्धन चोरी हुने गरेको घटना सार्वजनिक भएका थिए ।

    पछिल्लो घटनाले पेट्रोलियम पदार्थ ढुवानीमा प्रयोग हुने सिल, सुरक्षा प्रणाली र निगरानी व्यवस्थामाथि प्रश्न उठाएको छ । नियन्त्रणमा लिइएका ट्याङ्कर र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मंगलापुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

     

     

     

     

     

    Convert to PDF

     

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १०:०७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij