Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृ*त्यु

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृ*त्यु


  • 456
    Shares

    • images
    मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृ*त्यु

    काठमाडौं । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। 

    आज मंसिर ३ गते बिहान ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो।

    सुमोमा चालकसहित १० जना सवार रहेकोमा ७ जना घाइते भएका छन्।

    दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ।

    दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - ०९:४४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij