Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा


  • 274
    Shares

    • images
    काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

    काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

    श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । यद्यपि उनले कुन राजनीतिक दलबाट निर्वाचन लड्ने वा स्वतन्त्र उम्मेदवारी दिने भन्नेबारे भने खुलाएकी छैनन् ।

    आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ ।

    श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री हुन् । शिक्षा मन्त्री बनेपछि उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । 

    काठमाडौंको मेयरमा उम्मेदवारी दिने उनको घोषणासँगै आगामी निर्वाचनमा उनको राजनीतिक रणनीति र उम्मेदवारीबारे चासो बढेको छ ।

     

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - १२:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij