२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैदमुक्त भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् ।
रायमाझी कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
एमालेले आजदेखि काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा रायमाझी सहभागी भएका हुन् । भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने एमालेले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij