Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

एनपीएल

टस जितेर लुम्बिनीले रोज्यो बलिङ

टस जितेर लुम्बिनीले रोज्यो बलिङ


  • 260
    Shares

    • images
    टस जितेर लुम्बिनीले रोज्यो बलिङ

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । लुम्बिनीले टस जितेर बलिङ रोजेको छ भने सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ ।

    लुम्बिनीलले पछिल्लो खेलबाट पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन ।

    सुदूरपश्चिमले पहिलो रोजाइमा तीन परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा अविनाश बोहरा पहिलो रोजाइमा फर्किएका छन् भने फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्से पहिलो रोजाइमा खेल्दैछन् ।

    स्कटिकस अलराउण्डर म्याकमुलेन आईएल टी२० खेल्न यूएई गएपछि उनको स्थानमा आएका अर्का स्कटिस खेलाडी मन्सेले पहिलो रोजाइमा खेल्ने भएका हुन् ।

     

     

     

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - १७:०३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij