Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई नेपाल बीमा संघको बधाई

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई नेपाल बीमा संघको बधाई


  • 246
    Shares

    • images
    बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई नेपाल बीमा संघको बधाई

    काठमाडौं । नेपाल बीमा संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

    नेपाल बीमा संघका तर्फबाट अध्यक्षज्यू लगायत आवद्ध सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले आज नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षसँग शिष्टाचार भेटघाट गरेको हो।

    भेटका क्रममा संघका तर्फबाट नवनियुक्त अध्यक्षलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। सो अवसरमा नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार तथा सुदृढीकरण, बीमा सेवाको पहुँचमा अभिवृद्धि, बीमितको हित संरक्षण तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विषयमा छलफल भएको थियो।

    त्यसैगरी, नेपालको बीमा क्षेत्रको विकासका लागि नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूबीच आपसी समन्वय, सहकार्य तथा सहकार्यात्मक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत विचार आदानप्रदान गरिएको संघले जनाएको छ।

    नेपाल बीमा संघले नवनियुक्त अध्यक्षको सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - ११:०८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij