२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा यस वर्षका उत्कृष्ट २० करदाताको नाम सार्वजनिक गरेको छ।
विभागले विभिन्न व्यावसायिक तथा आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई उत्कृष्ट घोषणा गरेको हो। सार्वजनिक विवरणअनुसार संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सूर्य नेपाल परेको छ भने व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन्।

त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ हिमालयन डिस्टिलरी लिमिटेड उत्कृष्ट बनेको छ। बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधि क्षेत्रबाट तिन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन्।
प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद धेरै कर तिर्ने विधा (एक्सेप्सनल बिजनेस) तर्फ भाटभटेनी सुपरमार्केट उत्कृष्ट घोषित भएको छ। भाटभटेनीका तर्फबाट सावित्री गुरुङले सम्मान तथा प्रमाणपत्र ग्रहण गरेकी छन्।
उत्कृष्ट करदातालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभागका अधिकारीहरूले प्रमाणपत्रसहित सम्मान गरेका थिए।
यस वर्षका उत्कृष्ट २० करदाता
१. निकायमध्ये सबैभन्दा बढी आयकर : सूर्य नेपाल
२. एकलौटी व्यवसाय : थर्ड आई इन्टरनेशनल
३. वस्तु निर्यात : डाबर नेपाल प्रालि
४. सूचना प्रविधि : तिन फाइनाइट सर्भिसेस नेपाल
५. कृषि तथा व्यवसाय : ओसीबी फुड्स एण्ड फिड्स
६. बैंकिङ क्षेत्र : नबिल बैंक
७. स्वास्थ्य तथा शैक्षिक संस्था : नोबेल कलेज तथा टिचिङ हस्पिटल
८. पर्यटन व्यवसाय : सोल्टी होटल लिमिटेड
९. वस्तु व्यापार : सीजी इम्पेक्स प्रालि
१०. ५० देखि १०० करोडसम्मको कारोबार : फुड एण्ड वेभरेज रिसर्च सेन्टर प्रालि
११. ऊर्जामूलक कम्पनी : भोटेकोशी पावर प्रालि
१२. रेमिट्यान्स तथा मनि एक्स्चेञ्ज : आईएमई लिमिटेड
१३. व्यक्तिगत आय : राजबहादुर शाह
१४. मूल्य अभिवृद्धि कर (भ्याट) : हिमालयन डिस्टिलरी लिमिटेड
१५. ५० करोडसम्मको कारोबार : इम्पेरियल सेक्युरिटिज प्रालि
१६. विशेष उद्योग : वरुण वेभरेज नेपाल प्रालि
१७. जीवन बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड
१८. निर्जीवन बीमा : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
१९. लघुवित्त : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
२०. प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद उत्कृष्ट करदाता : भाटभटेनी सुपरमार्केट
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij