Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

नवलपरासी बस दुर्घटना : घाइतेको सङ्ख्या ३३ पुग्यो, सबैको पहिचान खुल्याे

नवलपरासी बस दुर्घटना : घाइतेको सङ्ख्या ३३ पुग्यो, सबैको पहिचान खुल्याे


  • 302
    Shares

    • images
    नवलपरासी बस दुर्घटना : घाइतेको सङ्ख्या ३३ पुग्यो, सबैको पहिचान खुल्याे

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

    सोमबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

    चालकले नियन्त्रण गुमाउँदा भएको दुर्घटनामा बसमा सवार ४१ जनामध्ये ३३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै २५ जना घाइते भएको विवरण प्राप्त भए पनि पछिल्लो जानकारीअनुसार घाइतेको सङ्ख्या बढेर ३३ पुगेको हो ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको छ । घाइतेमध्ये एक जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ भने अन्य ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ ।

    दुर्घटनामा घाइते हुनेहरूमा कैलाली, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, डोटी र धनुषाका यात्रु रहेका छन् । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य तथा मध्यम रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते हुनेहरूको नामावली:

    १. शिवदत्त राणा (कैलाली)
    २. केशव धामी (दार्चुला)
    ३. प्रतीक्षा धामी (बालिका) (दार्चुला)
    ४. दयाकृष्ण जोशी (दार्चुला)
    ५. नविना जोशी (दार्चुला)
    ६. धाना चन्द (बैतडी)
    ७. प्रेमबहादुर चन्द (बैतडी)
    ८. डम्बरबहादुर माली (कैलाली)
    ९. महेश पाण्डे (डडेलधुरा)
    १०. रोहित लोथेल (दार्चुला)
    ११. खेमा मल्ल (कैलाली)
    १२. शोभा मल्ल (कैलाली)
    १३. जेनी राना (कञ्चनपुर)
    १४. वसन्त बलायर (डोटी)
    १५. अमित साउद (अछाम)
    १६. राजेन्द्र जोशी (बैतडी)
    १७. भागरथी जोशी (बैतडी)
    १८. रेणुका जोशी (बैतडी)
    १९. भानु यादव (धनुषा)
    २०. रमेश जोशी (दार्चुला)
    २१. श्रुति जोशी (दार्चुला)
    २२. महेश बि.सी. (बैतडी)
    २३. डम्बरसिंह साउद (डडेलधुरा)
    २४. गीता कठायत (डडेलधुरा)
    २५. रक्षा कठायत (डडेलधुरा)
    २६. चाँदनी खत्री (कैलाली)
    २७. जानु चौधरी (कैलाली)
    २८. पुष्पा भाट (डडेलधुरा)
    २९. पवित्रा रावल (डडेलधुरा)
    ३०. प्रिया साउद (कञ्चनपुर)
    ३१. अङ्कित यादव (डोटी)
    ३२. ज्योति बुडाल (डोटी)
    ३३. धिरज बुडाल (डोटी)

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १३:४२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij