२०८३ कार्तिक २९ गते आइतवार
काठमाडौं । साढे तीन किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान नाम गरेका व्यक्ति छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।
उनी २८ कात्तिकमा दिल्लीबाट नेपाल आएका थिए । उनको लगेज जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij