Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

भायानेट

भायानेटले ल्यायो ‘आजै फिक्स’ सेवा

भायानेटले ल्यायो ‘आजै फिक्स’ सेवा


  • 113
    Shares

    • images
    भायानेटले ल्यायो ‘आजै फिक्स’ सेवा

    काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ।

    यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।

    ग्राहकको समस्याको प्रकृतिअनुसार भायानेटले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गर्नेछ।

    ग्राहक सेवामा विशेष प्राथमिकता दिँदै आएको भायानेटले यस सेवामार्फत इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्दै छिटो, सहज र भरपर्दो सेवा अनुभव प्रदान गर्ने विश्वास लिएको छ।

    प्राविधिक सहयोगका लागि ग्राहकहरूले भायानेटको सपोर्ट नम्बर ०१-५९७०४४४ मा सम्पर्क गर्न सक्नेछन्। नियम तथा सर्तहरू भने लागू हुने भायानेटले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १२:०५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij