२०८३ कार्तिक २९ गते आइतवार
काठमाडौं । कैलालीमा प्रहरीले जुवातास खेलेको आरोपमा १० जना पक्राउ परेका छन् ।
साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका ४७ वर्षीय नमराज विष्टसहितका १० जना रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ६० हजार १७५ रुपैयाँ नगद र एक बुक तास बरामद गरेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij