२०८३ कार्तिक २७ गते शुक्रवार
काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको कम्पनीकै अर्की एक कर्मचारीसँग पनि अन्तरंग सम्बन्ध रहेको खुलासा भएको छ ।
चिनियाँ जासुस दाबी गरिएकी महिलासँग सम्बन्ध रहेको सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका हुआङको अर्को सम्बन्धबारे पनि जानकारी बाहिरिएको हो ।
यस विषयमा जानकार दुई व्यक्तिलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले हुआङको अर्की कर्मचारीसँग समेत अन्तरंग सम्बन्ध रहेको जनाएको छ । यद्यपि, रोयटर्सले ती महिलाको नाम सार्वजनिक गरेको छैन । उनीसँग प्रतिक्रिया लिन गरिएको प्रयास पनि सफल हुन नसकेको जनाएको छ ।
यसअघि हुआङको दुई महिलासँग विवाहबाहिरको सम्बन्ध रहेको विवरण सार्वजनिक भएको थियो । तीमध्ये एलिस हुआङलाई अमेरिकी गुप्तचर अधिकारीहरूले चिनियाँ सरकारका लागि जासुसी गरेको आशंका गरेका थिए । अर्की महिला एनभिडियाकी स्वास्थ्य सेवा विभागकी उपाध्यक्ष किम्बर्ली पावेल हुन् ।
एनभिडियाले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । हुआङ, पावेल र कम्पनीको सञ्चालक समितिका प्रतिनिधिले पनि टिप्पणीका लागि पठाइएका अनुरोधको जवाफ दिएका छैनन् भने एलिस हुआङसँग पनि सम्पर्क हुन नसकेको रोयटर्सले जनाएको छ ।
गत नोभेम्बर ८ मा एलिस हुआङसँगको सम्बन्धबारे समाचार सार्वजनिक भएपछि जेन्सेन हुआङले एउटा वक्तव्य जारी गर्दै आफूले विवाहबाहिर सम्बन्ध राखेको स्वीकार गरेका थिए ।
यद्यपि, उनले आफ्नो वक्तव्यमा ती महिलाको नाम उल्लेख गरेका थिएनन् । ६३ वर्षीय हुआङ विवाहित हुन् भने एलिस हुआङसँगको सम्बन्धबारे समाचार सार्वजनिक भएपछि उनीमाथि राजीनामा दिन दबाब बढेको थियो । अन्ततः बिहीबार उनले एनभिडियाको सीईओ पदबाट राजीनामा दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij