Logo

२०८३ कार्तिक २२ गते आइतवार

२०८३ कार्तिक २२ गते आइतवार

सरकारमाथि प्रश्न उठाउँदै पौडेलले भने– सत्ता तिम्रो हो, कानुन होइन

सरकारमाथि प्रश्न उठाउँदै पौडेलले भने– सत्ता तिम्रो हो, कानुन होइन


  • 449
    Shares

    सरकारमाथि प्रश्न उठाउँदै पौडेलले भने– सत्ता तिम्रो हो, कानुन होइन
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने हल्ला फैलाएर सरकारले आफूमाथि उठेका गम्भीर प्रश्नबाट ध्यान मोड्न खोजेको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले देशमा विधिको शासन नभई सनकको शासन चलिरहेको टिप्पणी गरेका छन् । उनले बिनापक्राउ पुर्जी प्रहरी न्यूजरुममा प्रवेश गर्ने सरकारबाट विधिको शासनको अपेक्षा गर्न नसकिने बताएका छन् ।

    महामन्त्री पौडेलले अनुसन्धानको दायरामा पार्टी सभापति गगन थापा नभई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेन हुनुपर्ने जिकिर गरेका छन् । अनुसन्धानका क्रममा बरामद गरिएको डिजिटल प्रमाणमाथि प्रधानमन्त्रीको सचिवालयबाटै छेडछाड भएको उनको आरोप छ ।

    बिचौलिया भनिएका इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकारको निजी निवासमा राखिएको विषयमा समेत उनले प्रश्न उठाएका छन् ।

    प्रहरीले बरामद गरेको अनुसन्धानको महत्त्वपूर्ण प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो, कसको निर्देशनमा पुग्यो र त्यस अवधिमा मोबाइलबाट सामाजिक सञ्जाल प्रयोग तथा सन्देश मेटाउने काम किन भयो भन्ने विषयमा पौडेलले जवाफ मागेका छन् ।

    उनले मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ र ९३ उल्लेख गर्दै प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने तथा अनुसन्धान प्रभावित पार्ने कार्य दण्डनीय हुने बताएका छन् ।

    सरकारले आफूमाथि उठेका प्रश्नबाट ध्यान मोड्न राजनीतिक आक्रमण र अनुसन्धानलाई प्रतिशोधको हतियार बनाएको उनको आरोप छ । पौडेलले यस प्रकरणमा निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै गिरफ्तारीको हल्लाले प्रश्नहरू दबाउन नसकिने बताएका छन् ।

    उनले सत्ता, प्रहरी र प्रशासनमाथिको प्रभाव कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै प्रकरणको निष्पक्ष छानबिन नभएसम्म आफूहरू पछि नहट्ने बताएका छन् ।

     

     

    प्रकाशित मिति :कार्तिक २२ २०८३ आइतवार - १३:३४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij