Logo

२०८३ कार्तिक २५ गते बुधवार

२०८३ कार्तिक २५ गते बुधवार

आज महागुरु फाल्गुनन्दको १४१औँ जन्मोत्सव

आज महागुरु फाल्गुनन्दको १४१औँ जन्मोत्सव


  • 575
    Shares

    आज महागुरु फाल्गुनन्दको १४१औँ जन्मोत्सव
    images

    कोसी प्रदेश सरकारले प्रदेशमा बहुभाषिक पहिचानलाई संस्थागत गर्दै प्रत्येक वर्षको कात्तिक २५ गतेलाई ‘कोशी प्रदेश भाषा दिवस’को रूपमा मनाउँदैछ। 

    राष्ट्रिय विभूति  किराँत धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १४१औँ जन्मोत्सवलाई कोसी प्रदेश सरकारले प्रदेश भाषा दिवसको रूपमा बनाउन यसैवर्ष देखि सुरु गरेको हो।  

    कोसी प्रदेशका  मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले यसअघि नै प्रदेशका विभिन्न भाषा तथा मातृभाषाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था गर्न बनेको ऐनलाई आजकै मितिदेखि कार्यान्वयनमा ल्याइने बताएका थिए। 

    मुख्यमन्त्री कार्कीले भाषा केवल सञ्चारको माध्यम मात्र नभई कुनै पनि समुदायको पहिचान, इतिहास, सभ्यता, संस्कृति र मौलिकताको जीवन्त आधार रहेको उल्लेख गरे। 

    कोसी प्रदेश सरकारले यहाँका सबै जनजाति, भाषा, धर्म, संस्कृति, लिपि र परम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्दै विविधताबीचको एकतालाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ। 

    सीमित स्रोत र साधनका बाबजुद पनि प्रदेशमा बोलिने सबै भाषाको संरक्षण र विकासका लागि आवश्यक नीति, कानुन तथा कार्यक्रममार्फत सरकार निरन्तर अघि बढ्ने मुख्यमन्त्री कार्कीले प्रतिवद्वता जनाए। 

    ​साथै, महागुरु फाल्गुनन्दको जन्मजयन्तीको ऐतिहासिक दिनलाई कोशी प्रदेश भाषा दिवसको रूपमा मनाउने निर्णय गर्नु आफूहरूको लागि थप गौरवको विषय भएको बताए। 

    प्रकाशित मिति :कार्तिक २५ २०८३ बुधवार - ११:१३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij