Logo

२०८३ कार्तिक २३ गते सोमवार

२०८३ कार्तिक २३ गते सोमवार

जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको परिपत्र : चौबिसै घण्टा देउसी–भैलो खेल्न दिनू

जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको परिपत्र : चौबिसै घण्टा देउसी–भैलो खेल्न दिनू


  • 239
    Shares

    जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको परिपत्र : चौबिसै घण्टा देउसी–भैलो खेल्न दिनू
    images

    काठमाडौं । गृह मन्त्रालयले सुरक्षित, मर्यादित तथा सुव्यवस्थित रूपमा चौबिसै घण्टा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ। 

     सोमबार भएको सचिवस्तरीय निर्णय अनुसार नेपालीहरूको मौलिक, सांस्कृतिक तथा धार्मिक परम्पराका रूपमा रहेको देउसी–भैलो आवश्यक सुरक्षा अपनाएर चौबिसै घण्टा सञ्चालन गर्न दिइने भएको हो। सोही अनुसार मन्त्रालयले मौलिक कला र संस्कृतिलाई प्रोत्साहन दिने तथा सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा परम्परागत देउसी–भैलो कार्यक्रम २४ सै घण्टा सञ्चालन गर्न दिन, देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित ढङ्गले मात्र सञ्चालन गर्न दिन, कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउन र विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा एवम् द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, सङ्गीत वा नारा प्रयोग गर्न नदिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ।  

    पत्रमा चाडपर्व मनाउने क्रममा जुवा–तास नखेल्न र नखेलाउन, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्न नदिन र मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउन नदिन उचित व्यवस्था मिलाउन भनिएको छ।

    त्यसै गरी, अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरणहरूको प्रयोग नगर्न र अस्पताल तथा वृद्धाश्रम जस्ता संवेदनशील क्षेत्रहरूमा विशेष सावधानी अपनाउन जिल्ला प्रशासनहरूलाई निर्देशन दिइएको छ।   साथै, कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा कुनै समस्या परेमा तुरुन्तै प्रहरी नियन्त्रण कक्ष ९१००० वा आपत्कालीन कार्य सञ्चालन केन्द्र ९१२३४० मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।   

    893764251_1112993984843551_555934761674103118_n_knHN0ijeYm.jpg

    प्रकाशित मिति :कार्तिक २३ २०८३ सोमवार - १८:४३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij