Logo

२०८३ कार्तिक २३ गते सोमवार

२०८३ कार्तिक २३ गते सोमवार

पृथ्वी राजमार्ग आज पनि अवरुद्ध, यात्रुलाई सास्ती

पृथ्वी राजमार्ग आज पनि अवरुद्ध, यात्रुलाई सास्ती


  • 568
    Shares

    पृथ्वी राजमार्ग आज पनि अवरुद्ध, यात्रुलाई सास्ती
    images

    काठमाडौं । सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग आज पनि अवरुद्ध भएको छ। 

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभिर नजिकै सोमबार बिहानपख सुक्खा पहिरो खस्दा दुईतर्फी नै सडक पूर्ण रूपमा अवरुद्ध भएको नागढुंगा मुग्लिङ सडक आयोजनाले जनाएको छ। 

    ‘पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिनसहितको उपकरण परिचालन भैसकेको छ,’ नागढुंगा मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रले भने, ‘पहिरो हटाउन करिब ३ घण्टा लाग्ने अनुमान गरिएको छ।’ 

    आइतबार बिहान पनि पहिरो खस्दा यो सडकखण्ड दिनभर अवरुद्ध भएको थियो। सडकमा पहिरो खसेपछि दुईतर्फी नै सवारीसाधन रोकिएका छन्। चाडपर्वको बेला सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्। 

    प्रकाशित मिति :कार्तिक २३ २०८३ सोमवार - ०८:२६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij