Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता


  • 414
    Shares

    दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता
    images

    काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ ।

    उनले हिजो (बिहीबार) वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिट शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

    बिहीबार ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ बताइएको थियो । निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइको लागि पेशी तोक्ने चलन हुन्छ ।

    सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १३:०६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij