२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयवस्तु तथा संसद्का गतिविधिबारे छलफल भएको थियो।
सो अवसरमा संघीय संसद्मा विचाराधीन रहेका विधेयकहरू, संसद्को प्रभावकारिता र पछिल्ला राष्ट्रिय घटनाक्रमबारे कुराकानी भएको सचिवालयले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij