२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । गोरखाको साम्दोस्थित लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ। पहिरोका कारण खोलामा करिब डेढ सय मिटर लामो ताल बनेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार उक्त ताल एकैपटक फुटेमा बुढीगण्डकी नदीमा ठूलो बाढी आउन सक्ने जोखिम छ। त्यसैले बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
घटनास्थलमा रहेका स्थानीय निमा दोर्जेका अनुसार तत्काल ताल फुट्ने अवस्था देखिएको छैन। आवश्यक उपकरण उपलब्ध भए खोलाको अवरोध हटाउन सकिने उनले बताएका छन्।
रेमुनाङ खोला बुढीगण्डकीको मुहान नजिकै रहेकाले ताल फुटेमा तल्लो तटीय क्षेत्रमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij