Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

न्यायाधीशविरुद्धको उजुरीमा वर्षमान पुनको प्रश्न : श्रीमतीले पाकेट मार्दा श्रीमान् जेल जानुपर्छ ?

न्यायाधीशविरुद्धको उजुरीमा वर्षमान पुनको प्रश्न : श्रीमतीले पाकेट मार्दा श्रीमान् जेल जानुपर्छ ?


  • 407
    Shares

    न्यायाधीशविरुद्धको उजुरीमा वर्षमान पुनको प्रश्न : श्रीमतीले पाकेट मार्दा श्रीमान् जेल जानुपर्छ ?
    images

    काठमाडौं । नेकपाका नेता वर्षमान पुनले श्रीमतीले अपराध गर्दा श्रीमान् स्वतः जेल जानुपर्ने कानुनी व्यवस्था नरहेको बताएका छन्।

    शुक्रबार सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेविरुद्ध परेको उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदा पुनले उजुरीकर्ता सुवास ढकालसँग यस्तो प्रतिप्रश्न गरेका हुन्।

    ढकालले पाण्डेको भूमिकामाथि प्रश्न उठाउँदै जग्गा प्रकरणमा उनको संलग्नताबारे स्पष्ट हुनुपर्ने माग गरेका थिए। त्यसक्रममा पुनले अपराध गर्ने व्यक्तिले नै कानुनी सजाय पाउने व्यवस्था रहेको उल्लेख गरे।

    समिति सदस्य अर्जुननरसिंह केसी र पद्माकुमारी अर्यालले पनि जग्गा दर्ता प्रक्रियामा पाण्डे वा उनकी श्रीमती माया पुरीको भूमिका के थियो भन्नेबारे स्पष्ट पार्न आग्रह गरेका थिए।

    जवाफमा ढकालले जग्गा सरकारीकरण भइसके पनि सम्बन्धित व्यक्तिले सजाय नपाएको भन्दै अदालतले यस विषयमा बोल्नुपर्ने बताएका थिए।

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - ११:५०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij