२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा दुवै सवारी साधन पूर्ण रूपमा जलेको छ ।
कमलामाई नगरपालिका-८ करकरेमा काठमाडौंबाट भिमानतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुलीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १२७८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक कमलामाई नगरपालिका-१३ रानीबासकी ३४ वर्षीया सृजना अधिकारी र पछाडि सवार उनको श्रीमान् ४४ वर्षीय हेमराज बख्रेल घाइते भएको सिन्धुलीका डीएसपी विजय श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ट्रक र स्कुटर ठोक्किएपछि एक्कासि आगलागी भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij