Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

विमानस्थलमा अब यात्रुले लाइभमै हेर्न पाउनेछन् आफ्नो ब्यागेजको अवस्था

विमानस्थलमा अब यात्रुले लाइभमै हेर्न पाउनेछन् आफ्नो ब्यागेजको अवस्था


  • 295
    Shares

    विमानस्थलमा अब यात्रुले लाइभमै हेर्न पाउनेछन् आफ्नो ब्यागेजको अवस्था
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई सहज बनाउन आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा लाइभ फिडको व्यवस्था गरिएको छ।

    नयाँ व्यवस्थासँगै विदेशबाट नेपाल आउने यात्रुले विमानबाट सामान झारिएको र ब्यागेज बेल्टसम्म ल्याउने प्रक्रियालाई प्रत्यक्ष हेर्न सक्नेछन्।

    यसले सामानको अवस्थाबारे जानकारी पाउन र ब्यागेज प्राप्त गर्न लाग्ने समय अनुमान गर्न यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।

    यसअघि सामान आउने समयबारे प्रत्यक्ष जानकारी नहुँदा यात्रुले लामो समय प्रतीक्षा गर्नुपर्ने र अन्योलमा पर्ने गरेका थिए। नयाँ व्यवस्थाले विमानस्थलको सेवा थप पारदर्शी र यात्रुमैत्री बन्ने विश्वास गरिएको छ।

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १०:२५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij