Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा


  • 393
    Shares

    शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा
    images

    काठमाडौं । शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरिरहेको छ ।

    यस योजनाअन्तर्गत सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्म विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेताहरू पनि सार्वजनिक गरिएको छ ।

    योजनाअनुसार दैनिक रूपमा आठ जना भाग्यशाली विजेताले रेडमी बड्स ६ प्ले र साप्ताहिक रूपमा १० जना विजेताले रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन् । साथै, योजनाको बम्पर उपहारअन्तर्गत चार जना भाग्यशाली विजेताले चार रात पाँच दिनको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउनेछन् ।

    विशेषगरी रेडमी नोट १५ सिरिजलाई प्रवद्र्धन गर्दै सञ्चालन गरिएको यस योजनाले ग्राहकलाई टाइटन टफ प्रविधिसहितको स्मार्टफोन खरिद गर्दा आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको छ । यसका साथै, ग्राहकले शून्य प्रतिशत ईएमआई सुविधामा समेत शाओमीका स्मार्टफोन खरिद गर्न सक्नेछन् ।

    यो योजना आगामी २५ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ । शाओमी नेपालले योजनामा सहभागी भई उपहार जित्ने अवसरको लाभ लिन सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।  

     

     

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १०:४७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij