Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

चार न्यायाधीशविरुद्धका उजुरीकर्तासँग आज छलफल हुँदै

चार न्यायाधीशविरुद्धका उजुरीकर्तासँग आज छलफल हुँदै


  • 253
    Shares

    चार न्यायाधीशविरुद्धका उजुरीकर्तासँग आज छलफल हुँदै
    images

    काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । 

    समितिको बिहीबारको बैठकमा प्रस्तावित चार न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको थियो । 

    न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सिफारिस गरेको थियो । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

      

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १०:०३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij