Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

नेपाल विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाल विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी


  • 281
    Shares

    नेपाल विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी
    images

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

    प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राविधिक तथा प्रशासन सेवाअन्तर्गत दसौँ तहदेखि पाँचौँ तहसम्मका विभिन्न स्थायी पदमा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न आवेदन माग गरेको हो।

    प्राधिकरणका अनुसार दसौँ तहअन्तर्गत प्राविधिक सेवाको प्रबन्धक एक जना माग गरिएको छ। त्यस्तै, आठौँ तहमा प्रशासन सेवातर्फ सहायक निर्देशक एक जना, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एक जना तथा प्राविधिक सेवातर्फ सहायक प्रबन्धक तीन जना माग गरिएको छ।

    यसैगरी, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट तथा इन्जिनियरलगायतका विभिन्न पदमा पनि कर्मचारी माग गरिएको छ।

    प्रदेशस्तरमा मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजरलगायतका पदमा समेत दरखास्त आह्वान गरिएको प्राधिकरणले जनाएको छ।

    इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आजदेखि आगामी मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

     

     

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - ०९:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij