२०८३ कार्तिक १८ गते बुधवार
नेपाल प्रहरीका महानिरीक्षकलाई गृहमन्त्रीले दर्ज्यानी चिह्न लगाइदिएका छन्।
बुधबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाउने गरेका थिए।
सरकारले आजै केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले दानबहादुर कार्कीलाई हटाएर केसीलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij