Logo

२०८३ कार्तिक १८ गते बुधवार

२०८३ कार्तिक १८ गते बुधवार

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति


  • 337
    Shares

    डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
    images

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ।

    शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन्।

    इलाममा २५औँ पटक आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले वार्ता समिति गठन गरेको हो। स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। हाल उनी थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

    डा. केसीले यसपटक चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित ६ बुँदे माग अघि सारेका छन्। आवश्यक पूर्वाधार र जनशक्ति नपुगेको अवस्थामा गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति खारेज गर्नुपर्ने उनको माग छ।

    त्यसैगरी, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन तथा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग उनले राखेका छन्।

     

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - १६:२८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij