Logo

२०८३ कार्तिक १८ गते बुधवार

२०८३ कार्तिक १८ गते बुधवार

एनपीएलमा अनलाइन सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार

एनपीएलमा अनलाइन सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार


  • 127
    Shares

    एनपीएलमा अनलाइन सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार
    images

    काठमाडौं। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्यस्थित भोजपुरका ३२ वर्षीय सोनु कुमार सिन्हालाई ठमेलबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी हुने गरेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

    उनको साथबाट बरामद दुई थान मोबाइल जाँच गर्दा विभिन्न चारवटा अनलाइन बेटिङ साइटमा लगइन गरी ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    प्रहरीले सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको बुधबार जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - १६:३५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij