Logo

२०८३ कार्तिक १८ गते बुधवार

२०८३ कार्तिक १८ गते बुधवार

गोरखामा दुई दाजुभाइले थाले व्यावसायिक फूलखेती

गोरखामा दुई दाजुभाइले थाले व्यावसायिक फूलखेती


  • 918
    Shares

    गोरखामा दुई दाजुभाइले थाले व्यावसायिक फूलखेती
    images

    गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका–५, बगुवा नयाँगाउँमा दुई दाजुभाइले बाँझो जमिनलाई सदुपयोग गर्दै व्यावसायिक फूलखेती सुरु गरेका छन्।

    नेपाल विद्युत् प्राधिकरणबाट अवकाश प्राप्त कृष्णकुमार श्रेष्ठ र खड्गबहादुर श्रेष्ठको अग्रसरतामा करिब ५ रोपनी क्षेत्रफलको बाँझो जमिन भाडामा लिएर फूलखेती थालिएको हो।

    बाँझो जमिनलाई उत्पादनशील बनाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको यस खेतीबाट स्थानीयले समेत काम गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।

    उनीहरूले यस वर्ष करिब २ हजार वटा फूलका माला उत्पादन गरी बिक्री गर्ने लक्ष्य राखेका छन्। स्थानीय स्तरमै फूल उत्पादन र बजारीकरणलाई प्रोत्साहन गर्ने यो प्रयासले गाउँमा कृषि उद्यमशीलताको नयाँ सम्भावना देखाएको छ।

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - १६:१८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij