२०८३ कार्तिक १९ गते बिहिवार
विगत केही समय यता कतिपय सञ्चार माध्यमहरुमा कम्पनीको खरिद प्रक्रिया वारेमा भ्रमपूर्ण र अपुष्ट समाचारहरु प्रकाशन/प्रसारण भइरहेकोमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल टेलिकम कम्पनी ऐन २०६३ अनुसार स्थापना भएको र दूरसञ्चार ऐन २०५३ बमोजिम अनुमति पत्र लिई देशैभर गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराइरहेको कम्पनी हो । पछिल्लो समय टेलिकममा कम्पनी खरिद प्रकृया सम्बन्धमा बिबाद उठेको छ । त्यसको स्पष्टिकरण दिदै टेलिकमले विज्ञप्तिसमेत निकाल्नु परेको छ ।
सवा सय वर्ष पुरानो ऐतिहासिक पृष्ठभूमि भएको यस कम्पनीले देशमा प्रचलनमा रहेका ऐन, कानुन तथा पछिल्लो समयमा विकसित भएका सुशासनका मूल्य मान्यता अनुसरण गर्ने कार्यमा सम्झौता नगरेको विषय छर्लंग नै रहेको विज्ञप्तिमा उल्लेख छ । स्थापित प्रतिष्ठा, जनविश्वास र आम ग्राहकको भरोसा नै कम्पनीका सम्पत्ति हुन् भन्ने विषयमा कम्पनी सचेत रहेको समेत टेलिकमले जनाएको छ ।
सस्तो र भरपर्दो दूरसञ्चार सेवाहरु सर्वसुलभ रुपमा सबैलाई उपलब्ध गराउने, देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनिय योगदान पु¥याउने तथा सहरी क्षेत्रदेखि लिएर देशका अति विकट स्थानमा समेत सेवा उपलब्ध गराउने कार्यमा कम्पनी क्रियाशील छ ।
नेपाल टेलिकमले नयाँ प्रविधि अवलम्बन, गुणस्तरीय सेवाको उपलब्धता, नेपाल सरकारको नीतिगत लक्ष्य प्राप्ति तथा कम्पनीको व्यावसायिकतालाई मध्यनजर गरी विभिन्न कार्य गरिरहेको टेलिकमले जनाएको छ ।
खरिद प्रक्रिया सम्बन्धमा कम्पनीको आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिद सम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको Standard BID Document को आधारमा आवश्यक खरिद प्रक्रिया अपनाइने दाबी टेलिकमले गरेको छ ।
कम्पनीको खरिद प्रक्रिया लगायतका विषयहरुमा सूचना/समाचार प्रकाशन/प्रसारण पूर्व आवश्यक हुने आधिकारिक विवरणहरु कम्पनीका प्रवक्ता, सूचना अधिकारी, सह–प्रवक्ता एवम् सूचना तथा प्रकाशन शाखाबाट सहज रुपमा उपलब्ध भइरहेको र सो सुविधाको उपयोग गर्न टेलिकमले आग्रह प्रवक्ता डा. कमल लामिछानेले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij