Logo

२०८३ कार्तिक १८ गते बुधवार

२०८३ कार्तिक १८ गते बुधवार

आजै पदबहाली गर्न गृहको आग्रह, धार्मिक विधिपछि मात्रै जिम्मेवारी सम्हाल्ने आइजिपी केसीको चाहना

आजै पदबहाली गर्न गृहको आग्रह, धार्मिक विधिपछि मात्रै जिम्मेवारी सम्हाल्ने आइजिपी केसीको चाहना


  • 351
    Shares

    आजै पदबहाली गर्न गृहको आग्रह, धार्मिक विधिपछि मात्रै जिम्मेवारी सम्हाल्ने आइजिपी केसीको चाहना
    images

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको आइजीपीमा डा.मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेलगत्तै उनी गृह मन्त्रालयमा बोलाइएका छन् । मन्त्रालयस्रोतले जनाएअनुसार उनलाई दिने नियुक्तिपत्र तयार भइसकेको छ ।

    आजै दर्ज्यानी चिह्न (फुली) लगाएर पद बहाली गर्न मन्त्रालयले अनुरोध गरिरहेको स्रोतले बतायो । तर धार्मिक विधि पूरा गर्नुपर्ने कारण बिहीबारमात्रै पद बहाली गर्ने चाहना उनले व्यक्त गरेका छन् ।

    यो समाचार लेख्दा नवनियुक्त आईजी डा. केसी गृहमन्त्री सुधन गुरुङ, सचिव केदारनाथ शर्मासहित छलफलकै क्रममा छन् । उनीसँगै रहेका उनका स्टाफ अफिसर इन्स्पेक्टर धर्मराज जोशीलाई सम्पर्क गर्दा स्टाण्डबाई रहेको बताए ।

    प्रहरी प्रधान कार्यालयमा नवनियुक्त आईजीपीको आजै पदबहाली हुने सम्भावनासँगै त्यहाँ कार्यरत अधिकृतहरु पनि स्ट्याण्डबाई रहेको प्रधान कार्यालय स्रोतले जनाएको छ ।

    मन्त्रालयले नियुक्तिपत्र बुझ्दै दर्ज्यानी चिह्न पनि लगाउन अनुरोध गरिरहेको छ । यदि उनले नियुक्तिपत्र बुझेर दर्ज्यानी चिह्न अर्को दिन लगाए पनि महानिरीक्षकका रुपमा काम गर्ने अधिकार राख्छन् ।

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - १६:०६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij