२०८३ कार्तिक १८ गते बुधवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो सम्पती छानबिन गर्न सरकारलाई पुनः चुनौती दिएका छन् । बुधवार पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध निर्मम रूपमा उभिन तयार रहेको बताएका हुन् ।
अध्यक्ष लिङदेनले आफूले संसदमा प्रतिनिधित्व गर्दादेखि नै सार्वजनिक पदमा बस्ने व्यक्तिहरूको सम्पती छानबिन हुनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराएका छन् । उनले भ्रष्टाचारको आरोप प्रमाणित भएमा आफू सजाय भोग्न र राजनीतिबाटै सन्यास लिएर विपक्षीको घरमा भाँडा माझ्न तयार रहेको दाबी गरे । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम रोकिनुलाई उहाँले रहस्यमय भन्दै आफूले स्वेच्छाले सम्पती विवरण बुझाएको जानकारी दिए ।
पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै लिङदेनले कार्यकर्ता र नेतृत्वलाई संयमित रहन आग्रह गरे । उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै निजी स्वार्थका लागि पार्टी र सहकर्मीको मानमर्दन गर्ने कार्य नगर्न सचेत गराए ।
उनले भने, ‘नेताहरूको सम्पती छानबिन हुनुपर्छ भन्ने आवाज संसददेखि निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पती छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ । छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु । म सिद्धान्त, वचन र व्यवहार तीनै पक्षबाट भ्रष्टाचारविरोधी छु ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij