Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

ओमानविरुद्व ब्याटिङ गर्दै नेपाल

ओमानविरुद्व ब्याटिङ गर्दै नेपाल


  • 596
    Shares

    ओमानविरुद्व ब्याटिङ गर्दै नेपाल
    images

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । 

    अल अमिरेत रंगशालामा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपाल लगातार दोस्रो जितसँगै शीर्ष–६ को सम्भावना बलियो बनाउने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो । 

    यता, ओमान पनि जित निकाल्दै शीर्ष चारको यात्रा सहज बनाउने लक्ष्यमा छ । पहिलो खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले पराजित गरेको थियो ।

    अंकतालिकामा ओमान २९ खेलबाट ३३ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलबाट २६ अंक जोडेर छैटौँ स्थानमा उक्लिँदा क्यानडा ३४ खेलबाट २५ अंकका साथ सातौँमा झरेको छ ।

    प्रकाशित मिति :आश्विन २७ २०८३ मंगलवार - १२:११:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij