Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

कांग्रेस महाधिवेशनमा खसे ४ हजार ५७५ मत

कांग्रेस महाधिवेशनमा खसे ४ हजार ५७५ मत


  • 421
    Shares

    कांग्रेस महाधिवेशनमा खसे ४ हजार ५७५ मत
    images

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा साँझ साढे ४ बजेसम्म चार हजार ५७५ मत खसेको छ। 

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, बागमती प्रदेशमा एक हजार ६३, मधेस प्रदेशमा ७९०, लुम्बिनी प्रदेशमा ७०० र गण्डकी प्रदेशमा ६५१ मत खसेको छ। त्यस्तै, कर्णाली र जनसम्पर्क समितिबाट ४९१ तथा सुदूरपश्चिम प्रदेशबाट ४५० मत खसेको छ।

    कोशी प्रदेशको मतदान विवरण संशोधन गरी ४३० मत कायम गरिएको छ। सबै प्रदेश तथा समूहको विवरण जोड्दा चार हजार ५७५ मत खसेको समितिले जानकारी दिएको छ। गण्डकी प्रदेशमा ७७६ मतदाता रहेकोममा ६५१ मत खसेको छ। 

    मतदानका लागि यसअघि तोकिएको समय साँझ ५ बजेलाई बढाएर ७ बजेसम्म पुर्‍याइएको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान भइरहेको छ।

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - १७:४९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij