Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

मोबाइलमा ‘हाइ अलर्ट’ मेसेज आउन सक्ने, नआत्तिन गृह मन्त्रालयको अनुरोध

मोबाइलमा ‘हाइ अलर्ट’ मेसेज आउन सक्ने, नआत्तिन गृह मन्त्रालयको अनुरोध


  • 344
    Shares

    • images
    मोबाइलमा ‘हाइ अलर्ट’ मेसेज आउन सक्ने, नआत्तिन गृह मन्त्रालयको अनुरोध

    काठमाडौं । विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना पुर्‍याउने उद्देश्यले सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ (Cell Broadcast System) को प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ ।

    गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा आज बेलुकी ५:३० बजेबाट काठमाडौंका केही क्षेत्रमा उक्त प्रणालीको परीक्षण गरिने जानकारी दिएको हो।

    मन्त्रालयका अनुसार २ जी (2G) मोबाइल सञ्जालमार्फत गरिने यस परीक्षणका क्रममा तोकिएको क्षेत्रभित्र रहेका केही मोबाइल फोनहरूमा चेतावनी ध्वनि (Alert Sound) सहित परीक्षण सन्देश प्राप्त हुन सक्नेछ। प्राप्त हुने सन्देशमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ (परीक्षण सन्देश / TEST ALERT) भनी स्पष्ट रूपमा उल्लेख गरिएको हुनेछ। परीक्षणको अवधिमा एउटै सन्देश एकभन्दा बढी पटकसमेत प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ।

    गृह मन्त्रालयले मोबाइलमा त्यस्तो चेतावनी ध्वनि वा सन्देश प्राप्त भएमा सर्वसाधारणलाई नआत्तिन र कुनै पनि प्रतिक्रिया वा कारबाही नगर्न अनुरोध गरेको छ। यो विपद्को सूचना नभई विशुद्ध प्राविधिक परीक्षण मात्र रहेको मन्त्रालयको प्रष्टीकरण छ ।

    नेपालमै विकसित मोबाइलमा आधारित यस सेल ब्रोडकास्ट प्रविधिमार्फत बाढी, पहिरो, भूकम्प तथा अन्य विपद्को जोखिममा रहेका प्रभावित क्षेत्रमा तत्काल पूर्वसूचना र सुरक्षासम्बन्धी निर्देशनहरू पुर्‍याउन सकिनेछ। यस प्रणालीको प्रयोगबाट विपद्का बेला नागरिकलाई समयमै सूचित गराउन र आवश्यक सावधानी अपनाउन महत्त्वपूर्ण मद्दत पुग्ने मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १८:१३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij