Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

अब नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा सबै देशमा ६० सेकेन्डको पल्स दर

अब नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा सबै देशमा ६० सेकेन्डको पल्स दर


  • 43
    Shares

    • images
    अब नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा सबै देशमा ६० सेकेन्डको पल्स दर

    काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलमा लाग्ने पल्स दर परिवर्तन गरेको छ । अब नेपाल टेलिकमको फोन तथा मोबाइलबाट विदेशमा कल गर्दा सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुने भएको छ ।

    नेपाल टेलिकमका अनुसार यसअघि अन्तर्राष्ट्रिय कलमा ३० सेकेन्डको पल्स दर कायम थियो । नयाँ व्यवस्था लागू भएसँगै अब सबै देशमा ६० सेकेन्डको पल्स दर लागु हुनेछ । नेपाल दूरसञ्चार प्राधिकरणबाट २०८३ भदौ २४ गते प्राप्त स्वीकृतिअनुसार पल्स दर परिमार्जन गरिएको टेलिकमले जनाएको छ । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार उक्त स्वीकृति प्राप्त भएको हो ।

    नयाँ व्यवस्था भोलि अर्थात् २०८३ मंसिर ८ गतेदेखि बाँकी देशमा पनि लागू हुनेछ । यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार ५८ देशमा ६० सेकेन्डको पल्स दर कायम भइसकेको थियो । अब अन्तर्राष्ट्रिय एक्सेस कोड ००, १४२४, १४२५ र १४४५ प्रयोग गरी सबै देशका दूरसञ्चार सेवा प्रदायकमा कल गर्दा ६० सेकेन्डको पल्स दर लागू हुनेछ ।

    नेपाल टेलिकमले विदेशमा कल गर्न सुरुमा एक्सेस कोड, त्यसपछि कन्ट्री कोड र सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने जनाएको छ । विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने दररेट नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १८:४१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij