Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ


  • 141
    Shares

    कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
    images

    काठमाडौं । निजगढ नगरपालिका १२ रामथली बस्ने ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४७ वर्षीया सुकुमाया मोक्तानलाई कुटपिट गर्दा उनको मृत्यु भएको छ । 

    हिजो बेलुका कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाई जाँच तथा औषधी उपचार गराइएको थियो । तर आज बिहान ४:०० बजे उठाउन खोज्दा नउठेपछि मृत्यु भएको जानकारी ६:४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा गराइएको थियो ।

    प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ । घटनामा संलग्न विजय मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - १५:०५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij