२०८३ आश्विन २२ गते बिहिवार
काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नविन राउत र काठमाडौं कीर्तिपुर नगरपालिका–६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत रहेका छन् ।
सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्कागाउँमा बा.२ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij