२०८३ आश्विन २२ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त भएकी छन्।
पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। अध्यक्ष ओलीले शपथ गराएसँगै उनी औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुगेकी हुन्।
यसअघि राष्ट्रपति पदमा रहँदा भण्डारी दलीय राजनीतिबाट अलग रहेकी थिइन्। कार्यकाल सकिएपछि राजनीतिक वृत्तमा उनको आगामी भूमिकाबारे विभिन्न चर्चा चल्दै आएको थियो।
अन्ततः एमालेको उच्च तहमा उनको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij