Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

मौसम पूर्वानुमान

मनसुनी वायुको प्रभाव: आज वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव: आज वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना


  • 456
    Shares

    मनसुनी वायुको प्रभाव: आज वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना छ ।  

    नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङ र असिनासहित हल्का वर्षा/हिमपातको सम्भावना छ । 

    मधेसलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको  वर्षाको सम्भावना छ । 

    वाग्मती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति कोसी प्रदेशका सबै भूभाग तथा बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

    कोसी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागमा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ।

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - ०७:१८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij