Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियानको टोली धादिङ पुग्यो

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियानको टोली धादिङ पुग्यो


  • 470
    Shares

    रास्वपाको ‘हामी आउँदैछौँ’ अभियानको टोली धादिङ पुग्यो
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित घरदैलोभन्दा फरक तरिकाले नागरिकका दैनिक समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरेको छ ।

    बुधबार धादिङबेसीमा अभियानको सुरुवात गर्दै रास्वपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राजनीतिक दल र नागरिकबिच नियमित संवाद आवश्यक रहेकोमा जोड दिएका छन् । 

    निर्वाचनको समयमा मात्रै मतदाताको घरदैलोमा पुग्ने प्रवृत्तिभन्दा बाहिर निस्केर जनताका दैनिक समस्या बुझ्न अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

    खरेलले राज्यको केन्द्रीय संरचना र नागरिकको दैनिक जीवनबिच देखिएको दूरी कम गर्न जनतासँग प्रत्यक्ष सम्पर्क आवश्यक रहेको भन्दै नागरिकका गुनासा, सुझाव, आवश्यकता तथा अपेक्षा घरदैलोमै पुगेर सङ्कलन गरिने जानकारी दिए ।

    अभियानका क्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग समेत छलफल गर्ने रास्वपाको योजना छ । स्थानीय तहबाट प्राप्त सुझावलाई पार्टीको आगामी नीति निर्माण, संगठन सुदृढीकरण तथा जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउन प्रयोग गरिने खरेलको भनाइ छ ।

    अभियानमा खरेलसँगै प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ, डा. राम लामा तथा केन्द्रीय सदस्य सुशीला कार्की सहभागी छन् । रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार अभियान टोलीले जिल्लाका विभिन्न स्थानीय तहका बस्ती तथा टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नेछ ।

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - ११:५४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij