Logo

२०८३ मंसिर ५ गते शनिवार

२०८३ मंसिर ५ गते शनिवार

मौसम पूर्वानुमान

यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम

यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम


  • 302
    Shares

    • images
    यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम

    काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव नरहँदा वर्षा र हिमपातको सम्भावना छैन । 

    नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा साथै देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । 

    कोसी प्रदेशको तराई  क्षेत्रमा तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । 
     
    विभागले राति कोसी प्रदेशको तराई क्षेत्रलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने बताएको छ । 

    तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान छ ।

    प्रकाशित मिति :मंसिर ५ २०८३ शनिवार - ०७:२२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij